थारु कुररिहा समाज संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न



भालुवाङ १९ जेठ । थारु कुररिहा समाज संघको १६ औं वार्षिक साधारण सभा शुक्रवार लमही नगरपालिका ७ हसनापुरमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष श्यामबहादुर चौधरीको अध्यक्षता एवम् थारु कुररिहा समाज संघ वंशावली पुस्तकका सम्पादक सुरेशकुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै सम्पादक चौधरीले संघलाई आर्थिक हिसावले बलियो बनाउन सहकारीको अवधारणामा जानुपर्ने सुझाव दिएका छन् ।
लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संघले आर्थिक पाटो सँगसँगै गरिव तथा विपन्न थारु समुदायमा बालबालिकाहरुको पढाईमा सहयोग होस भन्नका लागि छात्रवृत्ति समेत स्थापना गर्न आवश्यक रहेको बताएका थिए ।

सभामा वार्षिक प्रतिवेदन उपाध्यक्ष पुरनप्रसाद चौधरी आर्थिक प्रतिवेदन कोषाध्यक्ष कोपिला चौधरीले प्रस्तुत गरेका थिए । सो अवसरमा संघका सचिव दयाराम चौधरी, संघका सदस्य पाल्टु चौधरी, लालमणी चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका कोषाध्यक्ष कोपिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक मन्नी चौधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे