दाङमा अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ



घोराही १९ जेठ ।  दाङमा अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन । घोराही उपमहानगरपालिका-१५ अप्सरा होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय राजन नेपाली, घोराही १६ का बर्ष २८ का सुन्दर महतरा, घोराही-६ का बर्ष २२ का बिमल बाठामगर र घोराही- ६ का बर्ष २८ का गौरब बाठामगर रहेका छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा होटलमा बसिरहेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे