यात्रु झारिरहेको बसलाई ट्रकले ठक्कर दिंदा ६ जना यात्रु घाइते



यात्रु झारिरहेको बसलाई ट्रकले ठक्कर दिंदा ६ जना यात्रु घाइते

भालुवाङ १२ वैशाख । दाङको देउखुरीमा यात्रु झारिरहेको बसलाई ट्रकले ठक्कर दिदा ६ जना यात्रु घाइते भएका छन् ।मंगलबार बेलुका अन्दाजी ५ बजेको समयमा लमही- भालुवाङ सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका १ पाखापानीमा बुटवल देखि नेपालगन्ज जाँदै गरेको लु १ ख ५९७५ नम्बरको रोकेर यात्रु झारिरहेको बसलाई नारायणघाढ देखि महेन्द्रनगर जाँदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रकले बसको पछिल्लो भागमा ठक्कर दिएको थियो ।

घाइते हुनेहरूमा राप्ती गाउँपालिका १ पाखापानी निवासी ४६ वर्षिया दिलमाया राना उनकी आमा ७० वर्षिया कुवारी गुरूङ, लमही नगरपालिका ५ निवासी ३० वर्षिया राधा पन्थी, उनकी छोरीहरू ९ वर्षिया कृष्टिना पन्थी, १५ वर्षिया अनुष्का पन्थी र राप्ती गाउँपालिका ७ निवासी ३२ वर्षिया जमिना चाैधरी रहेका छन् ।

घाइते मध्ये रानाको दुवै खुट्टा र गुरूङको टाउकोमा चोट बढी देखिएकोले दुवै जनालाई राप्ती पोलिक्लिनीक भालुवाङमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । भने अन्य घाइतेको राप्ती पोलिक्लिनीकमा उपचारपछि डिस्चार्ज भएका छन् । बस र ट्रकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे