लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित



लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित

भालुवाड १२ बैसाख । लुम्बिनीमा संविधानको धारा १६८(२) अनुसार नयां सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आव्हान गरेका छन् । विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुखले हिजो कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।

आज विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखले कामचलाउ मुख्यमन्त्री लिला गिरीले बैसाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको वहुमत जुटाएर आउन आव्हान गरेका छन् । यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन् ।

नेकपा एमालेले मुख्यमन्त्रीले राजनीनामा नदिएकाले ठूलो दलको हैसियतमा १६८(३) अनुसार सरकार गठन हुनुपर्ने जिकिर गदैृ आएको थियो ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ । किनकी एमाले र राप्रपाको ३३ मत मात्र छ । वहुमतका लागि ४४ सांसद चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे