चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी



काठमाण्डाै १२ वैशाख । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले यसअघिको आफ्नै रेकर्डसमेत तोडेका छन् ।

गएको मंसिर ४ गते भएको चुनावमा उनले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए । भने अहिले ५४ हजार १ सय ७६ मत पाएका छन् । उनले अहिले मंसिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरेका हुन् ।

उपचुनावमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याए । यस्तै,  एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाए ।

यसअघि यही क्षेत्रबा विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो । सर्वोच्च अदालतको आदेशअनुसार पद गए पनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट कायम गराएर लामिछानेले फेरि चुनावी प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे