तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले भारी मतले विजयी 



तनहुँ १२ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले विजयी भएका हुन् ।वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरेका छन् । ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल २५ हजार ३६१ मतसहित विजयी भएका थिए । पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ १ मा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे