हामी अल्पमतमा परेको प्रमाणित भए एक मिनेट सत्तामा बस्दैनौ : मुख्यमन्त्री गिरी



तुलसीपुर २० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो सरकार अल्पमतमा नपरेको दाबी गरेका छन् । सोमबार दाङको तुलसीपुरमा संचारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै मुख्यमन्त्री गिरीले आफ्नो सरकार अल्पमत परेको भन्ने कुरामा प्रदेश सभामा परीक्षण हुन बाँकी रहेको पनि बताएका छन् ।

मुख्यमन्त्री गिरीले भने,‘ अल्पमतमा परेको भन्ने कुराको परीक्षण प्रदेश सभामा हुन्छ । त्यो अहिले बाँकी रहेको छ । सबै वाइह्यात कुराहरु हुन् । अल्पमत भन्ने कुरा प्रमाणित भएको छैन् । प्रमाणित भइसकेपछि हामीहरु एक मिनेट पनि सत्तामा रहदैनौँ ।’

यस्तै उहाँले विश्वासको मत नपाएको खण्डमा मुख्यमन्त्री भइरहने सवाल नभएको पनि बताए । उनले विश्वासको मत लिने समय अझै रहेको भन्दै त्यो समयभित्र लिने पनि प्रस्ट पारे ।

उनले आफूहरुको दाबी अब संविधानको धारा १६८ को (३) अनुसार जानु पर्छ, भन्ने दाबी रहेको पनि समेत बताउनुभयो । उनले भने ,‘ प्रदेश प्रमुख कसरी जानुहुन्छ, भन्ने कुरा हो । तर, हाम्रो दाबी धारा १६८ को (३) अनुसार जानु पर्छ, भन्ने हो । अहिले १६८ को ( २ ) मा बनेको यो सरकार हो । ’

अहिलेको सरकार असफल भएर अविश्वासको अवस्थामा पुगेको अवस्थामा धारा ३ अनुसार प्रदेश सभाबाट म्यान्डेट पाउनु पर्ने आफूहरुलाई लागेको पनि उनकाे भनाइ छ ।

मुख्यमन्त्री गिरीले प्रदेशको ठुलो पार्टी को छ, भन्ने कुरामा भन्दा पनि धारा १६८ को ३ अनुसार जानु पर्ने आफ्नो धारणा रहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे