फोहोर व्यवस्थापनमा सहयोग गर्न सरोकारवालाहरूलाई अध्यक्ष विष्टको आग्रह



भालुवाङ २० चैत । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनमा सरोकारवाला निकायहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

आइतबार राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालयले भालुवाङमा आयोजना गरेको फोहोर मैला व्यवस्थापनका विषयमा सरोकारवालाहरू सँगको छलफलमा बोल्दै अध्यक्ष विष्टले पछिल्लो समय फोहोरमा पनि राजनितीकरण हुन थालेकोले सरोकारवालाहरूलाई राजनीतिक स्वार्थ भन्दा माथि उठेर काम गर्न आग्रह गरेका छन् । त्यस्तै अध्यक्ष विष्टले नागरिकहरूको सोचाईमा परिवर्तन नभए सम्म राप्तीको फोहोर व्यवस्थापनमा समस्या आइरहने भएकाले सोच परिवर्तन गर्न आवश्यक रहेको बताए ।

अहिले पनि नागरिकहरूले फोहोरको महत्त्व बारे नबुझ्दा पनि बेला बखतमा यस्ता समस्या आउने गरेको बताएका थिए । त्यस्तै अध्यक्ष विष्टले फोहोर व्यवस्थापनमा राजनीतिक दल, संघसंस्था तथा सरोकारवाला सवैले आ- आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।

वडा अध्यक्ष गेमे खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, राप्ती उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, महासचिव नारायण शर्मा, सचिव भरतमणी न्याैपाने, रामजहदी सामुदायिक वन भालुवाङका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, राप्ती वन महासंघका अध्यक्ष हरि भुसाल लगायतका वक्ताहरूले बोलेका थिए । वडा सदस्य रञ्जना सुनामको स्वागत तथा विषयवस्तुबारे जानकारी गराएकी थिइन् । भने कार्यक्रमको सञ्चालन वडा सचिव विश्व पाैडेलले गरेका थिए ।

अल्पकालिन रूपमा गाउँपालिका क्षेत्रको फोहोर राप्ती सामुदायिक वनमा विर्सन गरिदै आएकोमा केही व्यक्तिहरूले फोहोर उठाउन हिडेको ट्याक्टरको साचो खोस्ने, धम्काउने र अवरोध सिर्जना गर्न थालेपछि फोहोर उठाउने काम रोकिएको थियोे । पुन फोहोर व्यवस्थापन गर्न भन्दै वडा कार्यालयले सरोकारवालाहरूलाई राखेर छलफल चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे