दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याउने सीता एअरमाथि छानबिन सुरु



काठमाण्डाै १९ चैत । सीता एअरलाइन्सको विमानले दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याइदिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले छानबिन सुरु गरेको छ ।

सीता एअरले गएको १५ गते दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याएको थियो । काठमाण्डौका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पुर्‍याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिएका छन् । नेपालगञ्ज पुर्‍याएका यात्रुलाई सीता एअरले अरू एअरलाइन्सका जहाजमार्फत त्यही दिन काठमाण्डौ पठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे