भालुबाङको स्वर्गद्वारी विद्यालयको चमेना गृहमा आगलागी



भालुवाङ ११ फागुन । दाङ-देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको स्वर्गद्वारी प्राथमिक तथा गृहिणी महिला आधारभूत विद्यालयकाे चमेना गृहमा बिहीबार दिउँसो आगाेलागी भएको छ।

चमेना गृहमा विद्यार्थीहरुलाई खाजा पकाउने क्रममा दिउँसो करिब साढे बाह्र ग्यास लिग भएर आगाेलागी भएको विद्यायकी प्राध्यानाध्यपक सविता चाैधरीले जानकारी दिइन्।

आगलागीबाट चमेना गृहमा रहेका फर्निचर ,भाँडाकुँडा ,ग्यास चुला,कार्पेट लगायतका सामाग्रीहरु जलेर नस्ट भएको प्राध्यानाध्यपक चाैधरीले जानकारी दिइन्।

आगाेलागीबाट अन्दाजी करिब बीस हजार बराबरकाे क्षति भएको उनले जानकारी दिइन् । आगाे नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,स्थानीय बासिन्दाहरुकाे सहभागीतामा नियन्त्रण गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे