दाङ सहित तीन जिल्लामा हात्तीपाईले बिरूद्धको औषधि सेवन अभियान शुरु



भालुवाङ ११ फागुन । दाङ सहित लुम्बिनीको तीन जिल्लामा आज देखि हात्तीपाईले रोगबिरूद्धको आम औषधि सेवन अभियान शुरू भएको छ । अभियानको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले औषधी सेवन गरेर उद्घाटन गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका-८, पिपरी स्थित शंकर मावि पिपरीमा राप्ती गाउँपालिकाद्धारा आयोजित हात्ती पाईले रोग बिरूद्धको आम औषधि सेवन अभियान २०७९ को मुख्यमन्त्री गिरीले औषधी सेवन गरेर उद्घघाटन गरेका हुन् ।

औषधी सेवन अभियानको उद्धघाटन गर्दै मुख्यमन्त्री गिरीले स्वस्थ समाज र स्वस्थ राष्ट्र निर्माणका लागि सबै नागरिकहरुले ढुक्क भएर औषधी सेवन गर्न आग्रह गरेका छन् । औषधी सेवनबाट विभिन्न असर हुन्छ भन्ने गलत भ्रममा नगरी सबैले निर्धक्क संग औषधी सेवन गरेर स्वस्थ नागरिक बनाउने सरकारको अभियानलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

लुम्बिनी प्रदेशको दाङ, बाँके र कपिलबस्तु जिल्लामा हात्तीपाइले रोगका संक्रमितहरु बढेको भन्दै औषधी सेवन अभियान शुरु गरिएको छ । दाङमा आजदेखि फागुन १७ गते सम्म दशवटै पालिकाका सबै वडाहरुमा औषधी सेवन अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

 

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजित थारूको विशिष्ट आतिथ्यताको कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटाले स्वागत तथा बिषय प्रबेश गराएका थिए भने कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे