दाङमा चिट्ठा मार्फत नयाँ बस उपहार



दाङ ९ फागुन । दाङमा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले आफ्ना व्यवसायीहरूलाई चिट्ठा प्रणालीबाट नयाँ बस उपहार प्रदान गरेको छ । दाङको तुलसीपुरमा दुई जनाले मङ्गलवार चिट्ठामा नयाँ बस जितेका हुन् ।

लाखौँ मूल्य पर्ने नयाँ बस बाँकेको राप्ती सोनारी गाउँपालिका २ का विशाल चन्द र दाङको बबई गाउँपालिका ७ मलैका विष्णु पुनले चिट्ठामार्फत जितेका हुन् । दुवै जना राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालीमा आबद्ध गाडी धनीहरू हुन् । त्रिशिद्धेश्वरी यातायात प्रालीले आफ्नो संस्थामा आबद्ध झन्डै छ सय जना गाडी धनीका लागि भाग्यशाली चिट्ठा कार्यक्रम आयोजना गरेको हाे । चिट्ठा परेको बसकाे बारेमा दुवै जनाले आपसी सल्लाह गरेर अगाडि बढ्ने भएका छन् ।

चन्द र पुन दुवै जनाकाे बस त्रिशिद्धेश्वरी यातायात प्रालिमा आबद्ध रही सञ्चालन हुँदै आएका छन् । नेपाल प्रहरीका सहायक हवल्दार समेत रहेका चन्द अहिले तुलसीपुरकाे बसपार्क काउन्टरमा कार्यरत हुनुहुन्छ । उनले २०७२ सालमा ना ४ ख ७७२५ नम्बरको बस किनेका थिए। त्याे बस अहिले पनि दाङ–सल्यान–रुकुमसम्म सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे