माटोको ढिस्कोले पुरिदा प्यूठानमा एक महिलाको मृत्यू



माटोको ढिस्कोले पुरिदा प्यूठानमा एक महिलाको मृत्यू

प्यूठान ९ फागुन । प्यूठानको झिमरुक गाउँपालिका ५ मा माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु भएको छ ।
मंगलबार झिमरुक गाउँपालिका ५ जामुने बस्ने ४५ बर्षकी पार्वती पोख्रेलको मृत्यु भएको हो ।

घर लिप्ने माटो खन्ने क्रममा एक्कासी माटोको ढिस्को खस्दा ढिस्कोमा परि पोख्रेललको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी सुशिल थापाले बताएका छन् । साथै माटोको ढिस्कोमा परि अन्य ३ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा झिमरुक गाउँपालिका ५ बस्ने ५० बर्षकी राधा रोका, उहाँको बुहारी २१ बर्षकी मिना रोका र सोही स्थानका बासिन्दा ३१ बर्षकी जमुना खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे