ऐरावती आदर्श क्याम्पस लालमटियाको अध्यक्षमा केशवराज खनाल सर्वसम्मत निर्वाचित



भालुवाङ ८ फागुन । ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका– २ लालमटियाको १४ औं क्याम्पस सभा तथा तेस्रो अधिवेशनबाट केशवराज खनाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।

सोमबार भएकाे क्याम्पसकाे १४ औं अधिवेशनले अध्यक्षमा खनाललाइ चयन गरेकाे हाे ।  खनालको नेतृत्वमा ९ सदस्यीय नयाँ क्याम्पस संचालन समिति गठन गरिएकाे छ । जसको उपाध्यक्षमा विलोचन चौधरी, कोषाध्यक्षमा तारा भुसाल रहेका छन् ।

त्यसै गरी सदस्यहरुमा कृष्ण सुवेदी, रामप्रसाद चौधरी, अम्बाकुमारी कुमाल, रमेशमान गुरुङ, अनिल पौडेल र जगतबहादुर थापा रहेका छन् भने सदस्य सचिवमा क्याम्पस प्रमुख बिष्णु प्रसाद भुसाल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे