ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते सरिताको उपचारका क्रममा मृत्यु



भालुवाङ ७ फागुन । दाङको देउखुरीमा ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

गत माघ २६ गते राप्ती गाउँपालिका २ लालमटियामा ट्याक्टरको ट्रलीबाट खसेर गम्भीर घाइते भएकी राप्ती गाउँपालिका ५ करङ्गेकोट निवासी १३ वर्षिय बालिका सरिता थापा मगरको आइतबार दिउँसो करिव ४ बजेको समयमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जनता आधारभुत विद्यालय करङ्गेकोटबाट लालमटियामा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन लु ४ प ५१०१ नम्बरको ट्याक्टरमा बसेर आएकी बालिका लालमटिया स्थित न्याैपाने गल्लीमा खसेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते बालिकाको टाउकोमा गहिरो चोट लागेको थियो । उनी जनता आधारभुत विद्यालय करङ्गेकोटमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे