घोराहीमा बैंकको चर्को ब्याजदर तथा मिटरब्याजी विरुद्ध विरोध प्रदर्शन हुने



घोराही ४ फागुन । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले बैंकहरूको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजी विरुद्ध भोली घोराहीमा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै भोली दिउँसो घोराहीमा उक्त प्रदर्शन गर्न लागिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले  बिहीबार एक हार्दिक निमन्त्रणा जारी गर्दै नेपालमा पछिल्लो समय बैंकहरूले व्यवसायीहरूमा बैंकिङ आतंक नै मच्चाइरहेका बताउनुभएकाे छ । उनले एकातिर व्यवसायीहरूको व्यवसाय धराशायी भइराखेको र अर्कोतिर बैङ्कहरूले ब्याजदर बढाउदै लगेको हुँदा व्यावसायीहरूलाई सडकमा ल्याइपुर्याएको बताए ।

‘गाउँ-गाउँमा लघुवित्तको पनि त्यतिकै आतङ्क भएको र मिटर व्याजले कैयौँ मानिसलाई घरबारविहीन बनाएको छ’, उनले भने । सेक्रेटरी जनक सीले बैंकहरुको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजीहरुको कारण जनताहरू घरबारविहिन हुनुपर्ने, आत्महत्या गर्नुपर्ने सम्मको अबस्था श्रृजना भएको बताउँदै सरकारलाई जनता र ब्याबसायीहरुको समस्याहरूमा कुनै सरोकार नभएको बताए ।

सेक्रेटरी जनक सीले हस्ताक्षरित गरिएको हार्दिक निमन्त्रणामा भनिएको छ – `हाम्रो पार्टीले देशव्यापी चर्को बैङ्किङ व्याजदर, लघुवित्त र मिटरब्याजको विरुद्धमा संघर्षको आयोजना गरेको छ । त्यसै कार्यक्रम अन्तर्गत यहि २०७९ फाल्गुन ५ गते दिउँसो ०१:०० बजे दाङको घोराहीमा पनि बिरोध प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । यस बिरोध कार्यक्रममा सहभागी जनाइदिनुहुन उद्योगी, व्यावसायी, बुद्धिजिबी, नागरिक समाज, लघुवित्त पीडितहरू, मिटरब्याजी पीडितहरू सरोकारवाला सबै जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौँ ।´

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे