ऐरावती क्याम्पस लालमटियामा सञ्चालित भलिवल प्रतियोगिताको उपाधी शंकर माविलाई



भालुवाङ ३ फागुन । अन्तर मावि स्तरीय भलिबल प्रतियोगीताको उपाधि शंकर मावि पिपरीले जितेको छ ।

दाङ देउखुरीको राप्ती गाउँपालिका -२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित देउखुरीव्यापी अन्तर मावि स्तरीय भलिबल प्रतियोगीतामा शंकर मावि पिपरीले प्रथम स्थान हासिल गरेको हो ।

ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियामा मंगलबार देखी सुरु भएको खेलमा बुधबार सरस्वती माबि बांगेसाललाई पराजित गर्दै फाईनल खेलमा शंकर मावि पिपरीले उपाधि हात पारेको हो ।
प्रतियोगिताको विजेता शंकर माविले १० हजार १ सय ५ रुपैयाँ नगद मेडल, प्रमाण पत्र र कप पाएको छ भने उप-विजेता बनेको सरास्वती मावि बांगेसालले ७ हजार १ सय ५ रुपैयाँ नगद, मेडल, प्रमाण पत्र र कप प्राप्त गरेको क्याम्पसका खेलकुद संयोजक चुडामणि खत्रीले जानकारी दिएका छन् ।

प्रतियोगितामा आदर्श नमुना माध्यामिक विद्यालय लालमटिया, सरस्वती माध्यामिक विद्यालय बाङ्गेसाल, गोर्खा माध्यामिक विद्यालय लमही, दिपज्योति माध्यामिक सिसहनियाँ, रोजिबड्स बालबाटिका लमही , सूर्यविनायक माध्यामिक विद्यालय नर्ती, शंकर माध्यमिक विद्यालय पिपरी , सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ, माध्यामिक विद्यालय मौरीघाट गरी ९ टिमको सहभागिता रहेको थियो ।

‘स्वस्थ्यको लागि खेलकूद रास्ट्रको लागि खेलकूद खेल खेलौ स्वस्थ रहौँ’ भन्ने मुल नारासहित प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा शंकर माध्यामिक पिपरीका आशिष कुमार चौधरी उत्कृट खेलाडीमा छनोट गरिएको थियो ।

क्याम्पस संचालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आथित्यतामा भएको कार्यक्रमको संचालक सहायक क्याम्पस प्रमुख बिक्रान्त ज्ञवालीले गरेका थिए भने खेल समयभर क्याम्पसका छात्र भुवन भट्टराईले संचालन गरेका थिए ।

साथै कार्यक्रममा सहभागी बिध्यालयलाई समेत सहभागीताको प्रमाण पत्र प्रदान गरिएको थियाे । यसै बीच क्याम्पसले वाषिर्कोत्सव यही फागुन ८ गते एक कार्यक्रमका बिच मनाउँदै ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे