प्रदेश स्थापना दिवसको अवसरमा सभामुख घर्तीद्धारा शुभकामना व्यक्त



प्रदेश स्थापना दिवसको अवसरमा सभामुख घर्तीद्धारा शुभकामना व्यक्त

भालुवाङ  ३ फागुन । लुम्विनी प्रदेशकाे आज छैठाैँ स्थापना दिवस । लुम्विनी प्रदेश सरकार निर्माण भएको दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउदै आएका छ ।  दिवसको अवसरमा  लुम्विनी प्रदेशका समामुख तुलाराम घर्तीमगरले सम्पुर्ण प्रदेशवासी जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् ।

शुन्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधीमा प्रदेशसभा र सरकारले केही गति लिन लागेको अनुभूती जनस्तरबाटै हुन थालेको उहाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रदेशको लागि आवश्यक कानुन निर्माण भईसकेका छन ,त्यति मात्र होईन जनताले नजिकबाट वुझ्ने देख्ने र अनुभूति गर्ने गरी प्रदेशलाई जनताको सामिप्यमा राख्ने गरी ७२ वटा कानुन कार्यान्वयनमा आएको छ ।  शुभकामना सन्देशमा उहांले उल्लेख गरेका छन् । स्थापना दिवसको अवसरमा  सभामुखले सबैमा विशेष धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

 शुभकामना सन्देशकाे पूर्णपाठ

संमृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” ध्येयका साथ अहिले प्रदेशले स्थायी राजधानी दाङ देउखुरीबाट सेवा प्रारम्भ गरिसकेको छ । भौतिक संरचनाका अभावका वीच सरकारले राजधानीबाटै सेवा प्रारम्भ गर्नु पनि उपलब्धीको विषय हो ।

यसमा प्रदेशवासी सबैको भूमिका रहेको छ । शक्ति पृथकीकरण  सिद्धान्त अनुसार चल्ने प्रदेश सभा र प्रदेश सरकार एक अर्काका परिपुरक हुन । सहकार्य र समन्वयबाटै यसको सम्बन्ध अझै मजवुद बनाउन सकिन्छ । जनताको चाहाना र आकाक्षालाई पुरा गर्न अधिकतम प्रयास सहकार्यबाटै सम्भव छ ।

संघीयता कार्यान्वयको सन्दर्भमा प्रदेशप्रति चासो र प्रश्नहरु छन । त्यसलाई जवाफ दिने गरी काम गर्नु पर्ने बाध्यात्मक अवस्था छ । संघीयताको खास मर्म, भावना र उदेश्यलाई परिपुर्ति गर्न सकिएन भने प्रदेशप्रति जनताको आशा र भरोसा बचाउन सकिदैन । सरकारको कार्य सापेक्षित रुपमा प्रभावकारी देखिए पनि अपेक्षित रुपमा अझै जनउत्तरदायी र विस्वश्नीय वनाउनु पर्ने जरुरी देखिन्छ ।

लुम्बिनी प्रदेश सरकारलाई जनताको मन मस्तिष्कमा रहि रहन यो दिवसले अझै उत्तरदायी र जिम्मेवार बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने कामना सहित प्रदेश स्थापना दिवसको अवसरमा पुनः सम्पुर्ण माननीय सदस्य ज्यूहरु, सम्पुर्ण जनसमुदाय, राष्ट्र सेवक कर्मचारी, विभिन्न संघ–संस्थाका अगुवाहरु, नागरिक समाज सवैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे