राष्ट्रियसभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने, माओवादीकी अर्याललाई समर्थन गर्ने



राष्ट्रियसभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने, माओवादीकी अर्याललाई समर्थन गर्ने
काठमाडौं २२ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । उसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
राष्ट्रियसभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठक बसेको थियो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक एवम् संसदीय समितिका पदेन सदस्य रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय भएको जानकारी दिए ।

राष्ट्रियसभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि सोमबार निर्वाचन हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे