गुणस्तरिय शिक्षा प्रदान गरेकोमा उपकुलपति लामिछानेद्धारा खुसी व्यक्त
घाेराही २२ माघ । दाङकाे गुरुकुल एकेडेमी घोराहीले ८ औँ बार्षिक उत्सव मनाएको छ । घोराही १५ रतनपुरमा रहेको एकडेमीले ८ औ बार्षिक उत्सव आईतबार एक भब्य समारोहका बीच मनाएको हो ।
बार्षिक उत्सवको अबसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको हो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेको अध्यक्षता एवम् राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बिकास लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै उपकुलपति लामिछानेले बिद्यालयले पछिल्लो चरणमा सफलता प्राप्त गर्दै गएको भन्दै बिद्यालयको प्रशंसा गरे । उनले निजी बिद्यालय देशमै सफल मध्येको एक र दाङकै पहिलो नमुना बिद्यालयको रुपमा स्थापित हुन सफल हुनु घोराहीबासीका लागि गौरवको कुरा रहेको बताए ।
उपकुलपति लामिछानेले बिद्यार्थीलाई बिभिन्न ज्ञानका साथै अनुशासनमा जोड दिएको भन्दै बिद्यालय आउँदा दिनमा अझ नमुना बन्नुपर्ने बताए । त्यसका लागि उनले सबै पक्षको साथ र सहयोग उत्तिकै आबश्यक रहेको भनाई छ ।
उपकुलपति लामिछानेले बिद्यालयले प्रदान गर्दै आएको अतिरीक्त कृयाकलापले गर्दा बिद्याथीहरुले बिभिन्न नयाँ तथा प्रयोगात्मक शिक्षा हासिल गरेकोमा प्रति आभार प्रकट गरे ।
बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयले छोटो समयमै शिक्षाका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै यसलाई बचाई राख्न आग्रह गरेका थिए ।
उनीहरूले विद्यालयले संस्कार र संस्कृतिसहितको गुणस्तरीय शिक्षा विद्यार्थीलाई दिन ध्यानदिनुपर्ने बताएका थिए । साथै विद्यालयको प्रशंसा व्यक्त गर्दै आगामी दिनमा विद्यालय प्राप्त गरेको सफलतालाई बचाई राख्न आग्रह गरेका थिए ।
कार्यक्रममा बिद्यालयका निर्देशक अरुण रौनियार, निर्देशक रामचन्द्र कंडेल, पूर्व क्याम्पस प्रमुख तथा शिक्षा प्रेमी नारायणसिंह गुरुङ र बिद्यालयका प्लस २ संयोजक निमानन्द गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
बार्षिक उत्सवको अवसरमा बिद्यालयमा बिभिन्न शैक्षिक प्रदशर्निका स्टलहरु राखिएको थियो । यस्तै बिद्यार्थीहरूले आफै बनाएको नेवारी खानाको स्टल , चौधरी समुदायको घरेलु सामग्री , बिभिन्न बैज्ञानिक बस्तुहरु निर्माण गरी प्रदशर्नी स्थलमा राखिएको थियो ।
कार्यक्रममा बिद्यार्थीहरूले बिभिन्न पौराणिक नृत्य तथा गीत, नाटक, परेट लगायत विभिन्न विज्ञान प्रर्दशनी प्रस्तुत गरेका थिए भने बैज्ञानिक प्रयोगात्मक कृयाकलाप पनि प्रस्तुत गरेका थिए ।
प्रत्येक बर्ष बिभिन्न बिधामा उत्कृष्ट कार्य गरेको ब्याक्तिहरुलाई सम्मान गर्दै आएको गुरुकुल एकेडेमीले यस बर्ष पनि बिभिन्न क्षेत्रमा योगदान पु¥यायका ५ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुनेहरुमा नयाँ युगबोध राष्ट्रिय दैनिकको सम्पादक लक्ष्मी आचार्य , महिला अधिकारकर्मी बिमला योगी, पूर्व क्याम्पस प्रमुख नारायणसिंह गुरुङ, शिक्षा मन्त्रालयका पूर्व सह-सचिव तथा हाल राप्ती ववई क्याम्पसका अध्यक्ष बिष्णुकुमार देवकोटा र मानव सेवा आश्रम संचालिका सुस्मिता चौलागाई रहेका छन् ।
साथै बिद्यालयले उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुने शिक्षकहरुमा बिद्यालयका संयोजक महेन्द्र पौडेल ,उत्कृष्ट शिक्षकको रुपमा शिक्षक विबेक देवकोटा, इन्द्रप्रसाद पोख्रेल र डिल्लिराज शर्मा रहेका छन् ।
बिद्यालयले बार्षिक उत्सवको अवसरमा गुरुकुल माला नामक पुस्तक पनि बिमोचन गरेको छ । कार्यक्रममा उपस्थीत प्रमुख अतिथि , अतिथि तथा बिद्यालयका अध्यक्ष ई.अनन्तराज घिमिरे लगायतले बिमोचन गरेका हुन् ।
सो अवशरमा गुरुकुलका बिद्यार्थीहरुले नयाँ परीवेश नामक वेवसाइट पनि सार्वजनिक गरेका छन् । प्रोजेक्ट नियन्त्रक शिक्षक सुप्रिम शर्माको नेतृक्त्वमा ६ जना बिद्यार्थीहरू सुजन भण्डारी, माधव पौडेल, सागर बेल्बासे, सागर बस्नेत, प्रजोल घिमिरे र सवल पौडेलले सो वेवसाइट निर्माण गरेका हुन् ।
वेवसाइटमा बिभिन्न समाचार मुलक कार्यक्रम र बिद्यालयका गतिबिधि लगायतका सामग्रीहरु राखिने शिक्षक शर्माले जानकारी दिए । साे अवसरमा विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमकको सहर्जीकरण बिद्यालयका बिद्यार्थीहरु श्रृजन गैरे, दिनेश केसी, प्रतिक्षा केसी र रोशन शर्माले गरेका थिए ।
बि.सं. २०७० सालमा स्थापना भएको बिद्यालयले अन्य बिषय सहित बिभिन्न प्राबिधिक धारको पढाईलाई जोड दिदै आएको छ । ८ औँ बार्षिक उत्सव मनाइरहँदा बिद्यालयले आगामी बर्षमा अन्य संकायका पढाईहरु पनि सञ्चालन गर्ने तयारी गरेको छ ।