शिक्षा नीतिलाई व्यवहारमा कार्यान्वयन आवश्यक छ : थारु



गढवा १९ माघ । लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री एवम् प्रदेश सांसद इन्द्रजित थारुले शिक्षा नितीलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्दा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताएका छन् ।

जनता माध्यमिक बिद्यालय गढवाको ६२ औं वार्षिकोत्सव समारोहलाई संबोधन गर्दै थारुले यस्तो बताउका हुन् । सरकारले बनाएको शिक्षा निती नराम्रो छैन तर हामी आफैले कार्यान्वयन नगर्दा सम्म गुणस्तर सुधार भाषणले मात्र हुँदैन । विश्वको शिक्षा सामुहिक उत्पादनतर्फ जाँदै गर्दा हाम्रो देश सामन्तवादी चिन्तन संस्कार र मनोबृत्तिबाट माथि नउठ्दा शिक्षामा आमूल परिवर्तन हुन नसकेको र कमिसन कै चक्करमा शिक्षा क्षेत्र रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासले संस्कार र अनुशासन सहितको जिवनोपयोगी शिक्षा कार्यान्वयन गर्न गाउँपालिका गंभिर रहेको बताए । सरकारी बिद्यालयहरु सिमान्तकृत वर्गका छोराछोरीहरुले मात्रै शिक्षा आर्जन गर्ने स्थान बन्न थालेकोमा चिन्ता प्रकट गर्दै शिक्षा क्षेत्रलाई रणनीतिक ढंगबाट गुणस्तर सुधारका योजना बनाउन स्थानीय सरकार लाग्ने बताए ।
कार्यक्रममा बिद्यालयका पुर्व अध्यक्षहरु रेशम बिसी, भगवती प्रसाद चौधरी, शिक्षपे्रमी बुद्धिजिवीहरु रामप्रसाद गैरे, तेजप्रसाद न्यौपाने, सकुन्तला डिसी, कपिलदेव खनाल, उमाकान्त पन्त, कृष्णराज पाण्डे, जगतराम यादव, पुरस्कार संस्थापकहरु शंकर पाण्डेय, दिनमणि आचार्य र पुर्व प्रअ गोबिन्द पौडेल लगायतले बोलेका थिए ।

सो अवसरमा बिद्यालयको दोश्रो स्मारीका समेत बिमोचन गरिएको थियो । कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले स्थापना गर्नुभएका अक्षयकोष शोभाखर शोभादेवी, हरिबहादुर स्मृतिकोष, सुमकला फर्सराम, ऋिषिराम स्मृति, प्रेम बिसी स्मृतिकोष र यागेश्वर पाण्डे स्मृतिकोष लगायत ६ वटा स्मृतिकोषका पुरस्कारहरु वितरण गरिएको थियो । समारोहमा निबृत्त शिक्षक द्रोण डाँगी, होमप्रसाद अधिकारी र कार्यरत उत्कृष्ट शिक्षक स्वामीदयाल यादव, उपेन्द्र चालिसेलाई सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षकको रुपमा यागेश्वर पाण्डे स्मृतिकोषको पुरस्कार कार्यरत शिक्षक बिष्णा पन्थीलाईै प्रदान गरिएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रअ रामसुरत यादवले बिद्यालयको संस्थागत प्रतिवेदन,शिक्षक सुदिप किककरण आचार्यको स्वागत मन्तब्य र शिक्षक ठाकूर खनाले सहजीकरण रहेको थियो । बार्षिकोत्सव समारोहमा बर्षभरीको पठन पाठन र खेलकुद तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे