अबैध काठ चोरी गर्ने २ जना देवीकोटबाट पक्राउ



भालुवाङ १९ माघ । दाङको देउखुरीमा अबैध काठ चोरी गर्ने २ जना पुरुष देवीकोटबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राप्ती गाउँपालिका वडा नम्बर ९ बस्ने २२ वर्षिय महमद सिराज मिया र सोही ठाउँ निवासी ४५ वर्षिय तसली मिया रहेको इलका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित राप्ती सामुदायिक वन क्षेत्रमा तस्करहरुले साल जातको रुख ढाली काठका गोलिया बनाई चोरी निकासी गरी फरार रहेको भन्ने सुचनाको आधारमा इलका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजन शाहको कमान्डमा खटिएको टोलीले उनीहरुलाई बिहिवार राप्ती गाउँपालिका ९ देवीकोटमा लुकिछिपी बसी रहेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई सब डिभिजन वन कार्यालय लमही बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे