पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय



पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं  २५ पुस । सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा सहभागी राप्रपाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने विषयलाई शर्तका रुपमा अघि सारेका थियो । एमाले पनि यसमा सकारात्मक रहेकाले यो निर्णय सहज भएको हो । सरकारको न्युनतम साझा कार्यक्रममै सो प्रस्ताव गरिएको थियो । सोमबारको बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई एक महिनाभित्र कार्यन्वयनको कार्ययाेजना सहित लागू गर्ने निर्णय समेत गरेको एक मन्त्रीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे