सदन सञ्चालनकाे पर्खाइमा लुम्बिनी प्रदेशसभाकाे नवनिर्मित भवन (फाेटाे फिचर सहित)



भालुवाङ ८ पुस ।  लुम्बिनी प्रदेश सभा भवनः सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो । दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ ।

यता प्रदेशसभा सचिवालयकाे सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ । मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएकाे प्रदेश सभा सचिवालयकाे सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले जानकारी दिए ।

अबकाे प्रदेश सभा बैठक र नव निर्वाचित प्रदेश सभा सदस्यकाे सपथ यहीँ राख्ने याेजना छ। प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको छ ।

प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । ५ कराेड २० लाखमा प्रदेश सभा भवन तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे