शिक्षा सँगसँगै सिर्जनशीलतालाई पनि अगाडि बढाउनु पर्छ : अध्यक्ष विष्ट



शिक्षा सँगसँगै सिर्जनशीलतालाई पनि अगाडि बढाउनु पर्छ : अध्यक्ष विष्ट

सिसहनियाँ १ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा सँगै सिर्जनशिलतालाई पनि सँगसँगै लग्नुपर्ने बताएका छन् ।शुक्रबार राप्ती गाउँपालिका ६ पत्थरगढवा स्थित ज्ञानोदय माध्यमिक विद्यालय राप्ती गाउँपालिका- ६ पत्थरगढवाको ४१ औँ वार्षिकोत्सब कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले पढेर मात्र नभई सिर्जनशील कुरालाई जोड दिन सके विद्यार्थीहरू आत्मनिर्भर हुने बताएका थिए । विद्यार्थीहरूलाई कस्तो बनाउने भन्ने कुरा पनि अभिभावक र शिक्षकको भुमिका महत्त्वपूर्ण रहने बताएका थिए ।

त्यस्तै अध्यक्ष विष्टले यश विद्यालयलाई नमुना विद्यालय बनाउन सवै जनाको भुमिका महत्त्वपूर्ण रहने समेत बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक इन्द्रदेव चाैधरीले प्रस्तुत गरेका थिए ।शिक्षिका शोभा कुमारी चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, ६ नम्बर वडा अध्यक्ष दिपककुमार चाैधरी, सम्मानित व्यक्ति कालिप्रसाद चाैधरी, सिपी नेपालका दिपा चाैधरी, अभिभावक निमा शेर्पा, विद्यार्थी सुनिता शेर्पा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयको विभिन्न क्षेत्रमा योगदान पुर्याउने १४ जना व्यक्तिहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण समेत गरिएको थियोे । भने विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखिएको थियो । यसै बीच कार्यक्रममा राप्ती गाउँपालिका ६ नम्बर वडा कार्यालयले ६० हजार बराबरको ६ देखि १० सम्मका ५ जना उत्कृष्ट विद्यार्थीहरूलाई १/१ वटा साइकल र ७ जना शिक्षकहरूलाई सम्मान पत्र सहित शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रमको सञ्चालन शिक्षक हर्कबहादुर चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे