हरेक नागरिक स्वस्थ्य र सचेत बन्नुपर्छ : स्वास्थ्य मन्त्री थारु



हरेक नागरिक स्वस्थ्य र सचेत बन्नुपर्छ : स्वास्थ्य मन्त्री थारु

गढवा २९ मंसिर । लुम्बिनि प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले हरेक नागरिक स्वस्थ्य र सचेत बन्नुपर्ने बताएका छन् ।

बिहिबार गढवामा नेपाल हृदय रोग निवारण प्रतिस्ठान दाङको पाँचौ साधारण सभा तथा चौथो अधिबेशनलाइ सम्बोधन गर्दै मन्त्री थारुले यस्तो बताएका हुन् । नेपालको संबिधानमा जनताको आधारभुत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने स्पस्ट ब्यबस्था रहेको र राज्यबाट यस्ता प्रकारको सुबिधा उपभोग गर्न हरेक नागरिक स्वस्थ्य र सचेत रहनुपर्ने बताउँदै स्वस्थ्यता अभियान चलाउने बताए । नागरिकको मौलिक अधिकार संगै स्वास्थ्य क्षेत्रमा सुधार गर्न आत्म निर्भर अर्थतन्त्रको बिकास गरि राज्यले दक्ष जनशक्ति र स्वस्थ्य नागरिक हुनुपर्ने बताए।

अर्को प्रशंगमा मन्त्री थारुले नागरिकहरुलाइ स्वस्थ रहन लवाइखवाइ, रहनसहन तथा जिवन शैलीमा ध्यान दिनुपर्ने बताए। बर्तमान अवस्थामा मानिस अब्यबस्थित जिवन शैलीले स्वास्थ्यमा दिर्घकालिन समस्या परिरहेकोले खानपान, नियमित शारिरिक व्यायम र स्वास्थ्य जांच गरिरहनु पर्ने बताए । नेपाल हृदय रोग निवारण प्रतिस्ठान दाङका अध्यक्ष रविलाल आचार्यको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यता र गढवा गाउपालिकाको अध्यक्ष यमनारायण पोख्रेलको बिशिस्ट आथित्यमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल हृदय रोग निवारण प्रतिस्ठानका केन्द्रिय सदस्य तथा मुटुरोग विशेषज्ञ डा.सुमन्त बन्जाडे, प्रतिस्ठानका पुर्व अध्यक्ष चन्द्र राज पन्त, नारायण भुसाल, समाजसेवी रेसमबहादुर बिसी, निर्मला बिक, रामप्रसाद गैरे, दिनमणि आचार्य, शकुन्तला डिसी लगायतले शुभकामना मन्त्व्य ब्यक्त गरेका थिए । नेपाल हृदय रोग निवारण केन्द्र दाङका हरि प्रसाद पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सचिव मोहन कुमार पान्डे (शंकर )ले गरेका थिए ।

गढवा स्वास्थ्य चौकीमा इसिजी सेवा सुरु

ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम अन्तर्गत गढवा गाउपालिकाको गढवा स्वास्थ्य केन्द्रलाइ इसिजी मेसिन हस्तान्तरण गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिस्ठान दाङको समन्वय तथा गढवा गाउपालिकाकोको सहयोगमा मुटुको चाल र नियमितताको बारेमा जानकारी लिइ मुटुरोग लाग्न बाट समयमा सचेत गराउने उद्देश्यले ग्रामिण आधारभुत स्वास्थ्य केन्द्रमा यो सेवा सन्चालन गरिएको कार्यक्रमका प्रमुख अथिति इन्द्रजित थारुले बताए ।

प्रबिधि हस्तान्तरण गर्दै मन्त्री चौधरीले यो मेसिनले मुटुरोगको बिरामी हो कि होइन भन्ने जानकारी गराउने भएकोले ग्रामीण स्तरमा लुकेर रहेका मुटुरोगीको बिरामीलाइ समयमै पहिचान गरि दिर्घकालिन समस्या बाट बचाउन सक्ने बताए । मन्त्री थारुले प्रदेश सरकारले अहिले सम्म ५० वटा स्थानिय निकायको प्राथामिक उपचार केन्द्रमा इसिजि मेसिन पठाइसकेको बताउँदै थप ३० वटा मेसिन खरिद गर्ने प्रकृयामा रहेकोले बताउँदै गढवाको ४ वटै स्वास्थ्य चौकीमा यो सुबिधा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यता र नेपाल हृदय रोग निवारण प्रतिस्ठानका केन्द्रिय सदस्य मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडेको बिशिस्ट आतिथ्यतामा भएको प्रबिधि हस्तान्तरण कार्यक्रमको सन्चालन गढवा गाउँपालिका स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे