देउखुरीको राप्तीमा स्वान संस्थाले सञ्चालन गरेको परियोजनाको अनुगमन (फाेटाे फिचर सहित)



देउखुरीको राप्तीमा स्वान संस्थाले सञ्चालन गरेको परियोजनाको अनुगमन (फाेटाे फिचर सहित)

भालुवाङ २९ मंसिर । देउखुरीको राप्ती गाउँपालिकाका विभिन्न वडाहरुमा सोसाइटी वेलफेयर एक्सन नेपाल(स्वान) लमहीले सञ्चालन गरेका परियोजनाको आज अनुगमन गरिएको छ । आईएम संस्थाको सहयोगमा स्वान संस्था लमही र स्वच्छ व्यवसायी समूह नेपाल ललितपुरले राप्ती गाउँपालिकाको सहकार्यमा पालिकाका विभिन्न वडाहरुमा सञ्चालन गरिएको परियोजनाहरुको अनुगमन गरिएको हो ।

 

स्वान संस्थाका अध्यक्ष कृष्णकुमार चौधरीको अगुवाईमा भएको अनुगमन अन्र्तगत राप्ती गाउँपालिका वार्ड नम्बर ६ को भगवानपुर स्थित बगर खेती, सोही ठाउँ निवासी टन्कु चौधरीको तरकारी खेती, वार्ड नम्बर ७ बड्का सिसहनियाँको मुजका हस्तकला सामाग्री उत्पादन, सोही वडाका धर्मबहादुर चौधरीको बंगुर पालन, अचार बनाउने तालिम र कबिता चौधरीको तरकारी खेती लगायतका स्थलको अनुगमन गरिएको हो ।

अनुगमनपछि सञ्चारकर्मीहरु संग कुरा गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बगर खेतीका लागि माटो परिक्षण गरी उत्पादन बृद्धिका प्रदेश सरकार संग समन्वय गरी सिचाईको समेत व्यवस्था गर्ने र बगरमा तरुल, बेसार लगायतका खेतीमा किसानलाई बढी भन्दा बढी आकर्षित गर्नका लागि पालिकाले बिशेष योजना तयार पार्ने बताए ।

त्यस्तै अनुगमन पछि कुरागर्दै गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी तथा कृषि शाखा प्रमुख जिवराज पौडेलले कृषि उत्पादन बृद्धि र बजार व्यवस्थापनका लागि स्वान संस्था संग समन्वय गरी किसानहरुको थप समस्या हल गर्ने बताए । अनुगमनमा परियोजनको बारेमा स्वान संस्थाका कार्यक्रम संयोजक रेमन्त चौधरीले जानकारी दिएका थिए ।

अनुगमन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, उपाध्यक्ष कमलापति चौधरी, लेखा अधिकृत धनप्रसाद शर्मा, कृषि शाखा प्रमुख जिवराज पौडेल, योजना शाखा प्रमुख विकास ज्ञवाली, रोजगार शाखा प्रमुख मुमाराम भुसाल, दामोदर आचार्य, स्वान संस्थाका कोषाध्यक्ष राममोती चौधरी, कार्यक्रम संयोजक रेमन्त चौधरी, लेखा अधिकृत कविता चौधरी, सामाजिक परिचालक अन्जु चौधरी, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधानसम्पादक  सन्तोषकुमार गुप्ता र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेल लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे