भालुवाङ र सिसहनियाँमा इसिजी सेवा सुरु



भालुवाङ र सिसहनियाँमा इसिजी सेवा सुरु

भालुवाङ २९ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ को प्रस्तावित भालुवाङ अस्पताल र वडा नम्बर ५ को सिसहनियाँ स्वास्थ्य चौकीबाट मुटु सम्बन्धि ग्रामीण टेलीकार्डोलजी (इसिजी) सेवा सुरु गरिएको छ ।

दुवै स्वास्थ्य संस्थामा जेरियाट्रिक सोसाइटी अफ नेपालले ग्रामीण क्षेत्रका नागरिकहरु समक्ष सेवा पु¥याउने उद्देश्य अनुरुप सोही संस्थाको सहयोगमा राप्ती गाउँपालिकाले ती दुवै स्वास्थ्य संस्थामा इसिजी सेवा शुभारम्भ गरेको हो । इसिजी सेवा सुरु भएपछि स्थानीयहरु समेत खुसी भएका छन् । इसिजी सेवा नहुँदा यस अघि यहाँका विरामीहरु घोराही, बुटवल, नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको थियो । मुटुको आधारभुत जाँचका लागि अव बाहिर जान नपर्ने डा. सुमन्त बञ्जाडेले बताएका छन् । सामान्य छाती दुखेमा वा मुटु दुखेमा इसिजीबाट समस्या पत्ता लगाउन सकिने डा. बञ्जाडेले बताएका छन् ।

राप्ती गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामितामा राखेर काम गरिरहेका छ । सोही कार्य अन्तरगत ती दुवै संस्थामा विशषज्ञ सेवा सहितको २४ सैं घण्टा सेवा सुरु गरिएको छ । हाल राप्ती गाउँपालिकाले अन्य ७ वडा वडामा आधारभुत स्वास्थ्य इकाई केन्द्र समेत सञ्चालन गरेर जनताहरुलाई सर्वसुलव तरिकाले सेवा दिइरहेको छ ।

यसै बीच सिसहनियाँमा इसिजी सेवाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले मानिसहरुमा लाग्ने दिर्घ रोगहरुलाई नियन्त्रण गर्न सचेतनाका कार्यक्रम सँगै सुगर, प्रेसरको चेकजाँच जस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।

त्यस्तै उनले छिटो भन्दा छिटो मुटु रोग पत्ता लगाउन तथा हटट्याक सम्म पुग्न नदिनका लागि स्थानीय तहहरुलाई इसिजी मेसिन अनुदान दिने काम भएको बताएका छन् । हाल सम्म ५० वटा स्थानीय तहमा रहेको प्राथामिक स्वास्थ्य संस्थाहरुमा इसिजी मेसिन पठाइसकेको र यस आर्थिक वर्षमा थप ३० वटा नयाँ इसिजी मेसिन खरिद गर्ने प्रक्रियामा रहेको बताएका छन् । यता राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकको स्वास्थ्य सेवा सर्वसुलभ पाउने अधिकारलाई संस्थागत गर्न भालुवाङ र सिसहनियाँमा इसिजी सेवा सुरु गरिएको बताएका छन् ।

अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा सुरु गरिएको बताउँदै नागरिकको स्वास्थ्य सुरक्षाका लागि पालिका लागि परेको दाबी गरेका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा डा.सुमन्त बञ्जाडे, राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी लगायतका वक्ताहरुले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए । यसै बीच भालुवाङ प्रस्तावित अस्पतामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे