तालिमका सहभागीहरु भन्छन् ः अब सहकारी हाँक्न सकिन्छ



तालिमका सहभागीहरु भन्छन् ः अब सहकारी हाँक्न सकिन्छ

गढवा २७ मंसिर । सहकारी संस्थाको जिम्मेवारी पाएदेखि ब्यवस्थापन तालिम लिएको थिएन । सहकारी चलाउने बिषयमा पाँच दिनको तालिमबाट धेरै कुराहरु सिक्ने मौका पाए । अब सजिलै सहकारी संस्था हाँक्न सकिन्छ–नवस्वर्गद्धारी महिला सहकारी संस्थाका सचिव सृजना घिमीरे रजौरेले भनिन् ।

सहकारी ब्यवस्थापन तालिममा पहिलो पटक भाग लिएको हुँ । पाँच दिनकोृ सिकाईले निकै फाईदा महसुस गरेको छु–धानखोला कृषि सहकारी संस्थाका सम्झना रानाले भनिन् । त्यसो त तिन पटकसम्म सहकारी ब्यवस्थापन तालिम लिई सक्नुभएका गढवा पाकेट कृषि सहकारी संस्थाका कोषाध्यक्ष जयराम यादवले यो तालिमले धेरै कुराहरुको रिफ्रेस बनाएको बताइन् । उनीहरु जस्तै पाँच दिन सम्म ब्यवस्थापन तालिममा सहभागि भएका सबैले गाउँपालिकाले दिएको सहकारी ब्यवस्थापन तालिम निकै उपयोगी भएको बताएका छन् ।

गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा मंसिर २२ गतेदेखि सञ्चालन भएको पाँच दिने सहकारी ब्यवस्थापन तालिम एक समारोहका बिच सोमवार समापन गरिएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागिहरु संझना राना, जयराम यादव, सृजना घिमिरे पत्रकार शिबराज पन्थी लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले सहकारी संस्थाहरुलाई ब्यवस्थापन र नियमन गर्ने कार्यमा गढवा गाउँपालिकाले शाखा सञ्चालन गरि काम सुरुवात गरेको बताउदै सहकारीहरुले पारदर्शिता र शुसासन युक्त ढंगले काम गर्नुपर्ने बताइन् । गढवा गाउँपालिकाको २ लाख आर्थिक लगानीमा तालिम सञ्चालन गरिएको गाउँपालिकाका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवले बताए । पाँच दिन सम्म सञ्चालन भएको उक्त तालिममा २३ वटा सहकारी संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरु सबैलाई प्रमाण–पत्र वितरणका साथै खर्च सर्बजनीक समेत गरिएको थियो । तालिमको प्रशिक्षकमा सहकारी बिज्ञ दिल कुमार ओली र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे