राप्ती गाउँपालिकाको मसुरीयामा दुई दिने सामुदायिक नेतृत्व विकास तालिम सम्पन्न



राप्ती गाउँपालिकाको मसुरीयामा दुई दिने सामुदायिक नेतृत्व विकास तालिम सम्पन्न

भालुवाङ २७ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीयामा दुई दिने सामुदायिक नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रको आयोजना एवम् राप्ती गाउँपालिकाको समन्वयमा मंसिर २६ गते देखि २७ गते सम्म तालिम सञ्चालन गरिएको थियो । सो तालिममा राप्ती गाउँपालिका भित्रका विभिन्न वडामा रहेका १५ वटा सामुदायिक समुहका २९ जना पदाधिकारीहरुको सहभागीता रहेको थियो।

नामसालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोद निरौलाको अध्यक्षतामा सम्पन्न भएको तालिमको सहजीकरण फिल्ड संयोजक धर्म यादवले गरेका थिए । भने कार्यक्रमको व्यवस्थापन कृषि प्राविधिक धनकुमारी चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे