दाङमा प्रहरी हिरासत भित्र रहेका श्रीमानलाई ब्राउन सुगर दिनखोज्ने श्रीमती पक्राउ



दाङमा प्रहरी हिरासत भित्र रहेका श्रीमानलाई ब्राउन सुगर दिनखोज्ने श्रीमती पक्राउ

दाङ २७ मंसिर । दाङमा प्रहरी हिरासत भित्रै श्रीमानलाई अवैध लागू औषध ब्राउन सुगर दिन खोज्ने महिला पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –१५ निवासी २६ वर्षकी शान्ति खड्का घर्ती रहेको डीएसपी राजन गौतमले जानकारी दिएका छन् ।जिल्ला प्रहरी कार्यालयको हिरासत भित्र रहेका २२ वर्षका श्रीमान अशोक खड्कालाई भेट्न गएकी शान्तिले फलफूलभित्र  ब्राउन सुगर फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बरामद गरेको ब्राउन सुगर १२० मिलिग्राम रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे