राजधानीका सवालमा हामी एकजुट हौं : नगरप्रमुख चौधरी



राजधानीका सवालमा हामी एकजुट हौं : नगरप्रमुख चौधरी

लमही २७ मंसिर । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले राजधानीको सवालमा सबै एकजुट हुन जरुरी रहेको बताएका छन् ।

लमही नगरपालिकाले आयाेजना गरेकाे बैठकलाई सम्बोधन गर्दै प्रमुख चौधरीले स्थायी राजधानीलाई कार्यान्वयन गर्ने पक्षमा लमही नगरपालिका हरेक समस्याको समाधान गर्न तयार रहेको बताएका हुन् । त्यस्तै उपप्रमुख लक्ष्मी योगीले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्य शुभारम्भ हुनु अत्यन्तै खुसीको कुरा भएको भन्दै प्रदेश सरकारलाई आवश्यक हुने भौतिक पुर्वाधार व्यवस्थापन गर्न आफुहरु तम्तयार रहेको बताए ।

कार्यक्रमलाई सफल बनाउनका लागि आज बसेको बैठकले विभिन्न निर्णय समेत गरेको उपप्रमुख लक्ष्मी योगीले जानकारी दिए । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा भोलि मंसिर २८ गते झण्डा उत्तोलन तथा कार्य शुभारम्भ कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झण्डा उत्तोलन र स्थायी राजधानीबाटै कार्य शुभारम्भ गर्ने कार्य रहेकोले कार्यक्रमलाई सफल पार्नका लागि नगर भित्र रहेका सामाजिक संघ संस्था तथा जनप्रतिनिधि विच छलफल भएको हो ।

कार्यक्रमलाई सफल पार्नका लागि लमही नगरपालिकाले खानेपानी व्यवस्थापन गर्ने भएको छ । त्यस्तै मिक्की माउस, मोटु पातलु व्यवस्थापनका लागि देउखुरी उद्योग वाणिज्य संघ, झुम्रा नाँच र लट्ठी नाँच वडा नम्बर ३ र ४ ले व्यवस्थापन गर्ने निर्णय भएको छ । त्यस्तै कलश र ढकिया, झाँकी जुलुसका लागि वडा नम्बर २ ले व्यवस्थापन गर्ने, यातायात व्यवस्थापन वडा नम्बर ५ ले व्यवस्थापन गर्ने र कार्यक्रम जानका लागि मंसिर २८ गते नगरपालिका जम्मा हुने निर्णय भएको छ । ब्यानर व्यवस्थापनका लागि वडा नम्बर १ का कार्यबाहक अध्यक्ष किरण चौधरी निर्णय भएको छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकको सहजीकरण नगरप्रमुखका सचिवालय सदस्य रमेश चन्द ठकुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे