इप्रका कृष्णनगरको ठूलो सफलता १६ केजी अफिम सहित दाङका ३ महिला पक्राउ



इप्रका कृष्णनगरको ठूलो सफलता १६ केजी अफिम सहित दाङका ३ महिला पक्राउ

कपिलवस्तु २७ मंसिर । कपिलवस्तुको नेपाल भारत सिमानाका कृष्णनगर स्थीत यात्रुगेटबाट नेपाल प्रहरीले १६ किलो अफिम सहित ३ महिलालाई पक्राउ गरेको छ ।

जिल्लको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको आवस्थामा लागु औषध अफिम सहित ३ महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर बस्ने वर्ष ४३ की आस कुमारी बुढा, दाङ लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ४८ की नर्मला बिक र रोल्पा घर भई हाल लमही नगरपालिका वडा नं. ४ लमही बस्ने बर्ष ३६ की भावना पुन मगर रहेको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

सोमबार दिउँसो १ बजे नेपालबाट भारत जादै गर्दा शंकाले खानतलासी पुर्जी अनुसार ति महिलाहरुले कम्मर भागमा कालो कपडामा लुकाएको आवस्थामा अफिम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको अफिमको बारेमा थप अनुसान्धान जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका महिलाहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।

Write to PressOmprakash Gupta
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे