नेपालमा आज २१०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २८५८ जना डिस्चार्ज १७ जनाकाे मृत्यु 



नेपालमा आज २१०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २८५८ जना डिस्चार्ज १७ जनाकाे मृत्यु 

काठमाडौं ४ मंसिर । नेपालमा वितेको २४ घण्टामा दुई हजार १०३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा दुई हजार ८५८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै निको हुनेको संख्या एक लाख ८५ हजार ६३८ पुगेको छ । आजसम्म नेपालमा निको हुने प्रतिशत ८६ पुगेको छ । अब नेपालमा सक्रिय स‌क्रमितकाे संख्या २८ हजार १०६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे