जिपको ठक्करबाट १ को मृत्यु, २ घाईते



जिपको ठक्करबाट १ को मृत्यु, २ घाईते
रोल्पा २ मंसिर । रोल्पामा जिपको ठक्करबाट १ जनाको मृत्यु भएको छ, भने २ जना घाईते भएका छन् । मृत्यु हुनेमा सुनिलस्मृती गाउँपालिका ८ अरेस निवासी ४६ बर्षीय राहुल मगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बुधबार राती करिब साढे ८ बजेतिर जिल्लाको सुनिलस्मृती गाउँपालिका ८ तल्लोपानीस्थित सुलिचौर–अरेश भित्री सडक खण्डमा लु १ ज ३०७० नम्बरको जिपले ठक्कर दिदाँ मगर घाईते भएका थिए ।
उनलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवल तर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश राज सुबेदीले जानकारी दिए । त्यस्तै जिपको ठक्करबाट अन्य २ जना घाईते भएका छन् । घाईते हुनेमा सोही ठाउँका ६ बर्षीय राजेन्द्र पुन र ३५ बर्षीया रिमा पुन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरबाट सामान्य उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ । प्रहरीले जिप र चालकलाईे नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया शुरू गरेको सुबेदीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे