लमही–घोराही सडक खण्डकाे बेलदमारमा बस र टिप्पर एकापसमा ठोक्किँदा ८ जना घाइते



दाङ २० मंसिर ।  दाङकाे देउखुरीमा टिप्पर बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन्।

लमहीबाट घोराही जाँदै गरेको रा १ ख १३६० नम्बरको टिप्पर र घोराही देखि बुटवल जाँदै गरेको लु १ ख ८४७२ बस लमही नगरपालिका–६ बेलदमारमा ठोक्किएको थियो।

दुर्घटनापछि अवरुद्ध सडक सुचारु गर्ने क्रममा तीन वटा कार र दुई वटा मोटरसाइकलमा क्षति पुगेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। दुर्घटनामा परेको बस हटाउने क्रममा बस ब्याक हुँदा कार र मोटरसाइकलमा क्षति भएको छ। कारमा सवार थप पाँच जना यात्रु घाइते भएका छन्। घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे