महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई नीति बनाएर आधारभूत सेवा सुविधा दिन्छाैँ : मन्त्री चाैधरी



सिसहनियाँ १९ मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चाैधरीले महिला स्वास्थ्य स्वयमसेविकाहरूकाे आधारभूत सेवा सुविधा प्रदान गर्ने कुरामा पदेश सरकार तयार रहेकाे बताएका छन् ।

“महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाकाे प्रतिबद्धता, स्वास्थ्य प्रबर्धनमा हाम्राे एैक्यबद्धता” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाले आज सिसहनियाँ स्वास्थ्य चाैकी सिसहनियाँमा आयाेजना गरेकाे १९ औँ  महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवस समाराेहमा बाेल्दै मन्त्री चाैधरीले साे कुरा बताएका हुन् ।

मन्त्री चाैधरीले प्रदेश सरकारले स्वास्थ्य स्वयमसेविकाहरूलाई आधारभूत सेवा सुविधा दिनका लागि केन्द्रीय निर्देशिका अनुसार अवकाश पाउँदा सम्म उहाँहरूकाे सम्मानका लागि एक मुष्ठ रकम नै दिएर स-सम्मान पूर्व बिदा दिने गरी निति बनाएर लागु गर्ने प्रतिबद्धता जनाएका छन् ।

महिला स्वास्थ्य स्वयमसेविका पुष्पा भट्टराईकाे अध्यक्ष एवम् स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बिशिष्ट अतिथीकाे आसनबाट बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिका भरि सेवा दिई रहनुभएका ६४ जना महिला स्वास्थ्य सेविकाहरूलाई एक लाख सम्म दुर्घटना बिमा र बिरामी भर्ना भएकाे अवस्थामा दैनिक एक हजारका दरले १० दिन सम्मकाे १० हजार सम्म मात्र बिरामी उपचार खर्च उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

महिला स्वास्थ्य स्वयमसेविका शान्ति चाैधरीकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिका-५, नम्बर वडाध्यक्ष देबप्रसाद चाैधरी, सिसहनियाँ स्वास्थ्य चाैकीका प्रमुख धनबहादुर खड्का, परिवार नियाेजन संघ दाङ शाखा प्रमुख बसन्त खनाल, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत र सिसहनियाँ स्वास्थ्य चाैकी व्यवस्थापन समिती सदस्य इश्वरीप्रसाद अधिकारी लगायतका बक्ताले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

साे अवसरमा उत्कृष्ट काम गरेकाे भन्दै तीन जना महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई प्रमाण-पत्र र दाेसल्ला ओढाएर सम्मान गरिएकाे छ । यसरी सम्मानित हुने महिला स्वास्थ्य स्वयमसेविकाहरूमा राप्ती गाउँपालिका-५ प्रगतिनगर सिसहनियाँ बजार निवासी  श्यामा रावत, साेही वार्डकाे लठ्ठहवा निवासी मिठ्ठु चाैधरी र राप्ती गाउँपालिका-७ भानपुर निवासी कुसुम चाैधरी रहेका छन् । कार्यक्रमकाे सञ्चालन सिसहनियाँ स्वास्थ्य चाैकी महिला स्वास्थ्य स्वयमसेविका समितीकी सचिव कुसुम चाैधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे