रेडियो बंगलाचुलीमा भएको घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण



घोराही १९ मंसिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले रेडियो बंगलाचुलीमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघ दाङ शाखाका सचिव आरके शीतल र अध्यक्ष दुर्गालाल केसीले आज सोमबार संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै बंगलाचुलीको कमिरेचौर रहेको रेडियो बंगचालुली ९१.७ मेघाहार्जमा आज दिउँसो करिब १ः३० बजेतिर एक समूह रेडियो कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गर्ने, धाक धम्की दिने, कागजपत्र नियन्त्रणमा लिने जस्ता अशोभनीय कार्य गरेकोमा गम्भीर ध्यानाकर्षण जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे