पत्रकारमाथि हुने दुर्व्यवहार विरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न



पत्रकारमाथि हुने दुर्व्यवहार विरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न

घाेराही १७ मंसिर । सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुर्व्यवहार विरुद्धको दुई दिने प्रशिक्षण कार्यक्रमको आज समापन गरिएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालको आयोजना तथा युरोपियन युनियन र इनटरनेशनल अलर्टको सहयोगमा दुई दिने अभिभुखिकरण कार्यक्रम हिजो देखि घोराहीमा सुरु गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागीहरूलाई पत्रकारको नैतिक मूल्य र मान्यता, हकअधिकार, सुरक्षा, कर्तव्यसँगै दुर्व्यवहार विरुद्धको कानुनी कार्बाही, मोबाईल  एप्स  प्रयोगबारे जानकारी प्रविधिको सही सदुपयोग लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा २० जना भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो भने दुई दिने अभिभुखिकरण कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष दुर्गालाल केसीले प्रशिक्षण दिएका थिए ।

सो अवसरमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालकी कार्यक्रम संयोजक कामना न्यौपानेले उत्साहपूर्ण रुपमा सहभागिता जनाएकोमा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै प्रकारका पत्रकारहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरूको आयोजना गर्न सकिने बताएकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बसुन्धारा गौतम लगायतले आफ्नाे भनाई राखेकी थिइन् भने  कार्यक्रमको सहजीकरण महासङ्घका सहसचिव दिप्तिशीखा चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे