प्रदेश राजधानी कार्य सञ्चालनका लागि मुल समिति सहित विभिन्न उपसिमित गठन



प्रदेश राजधानी कार्य सञ्चालनका लागि मुल समिति सहित विभिन्न उपसिमित गठन

भालुवाङ १६ मंसिर ।  लुम्बिनी प्रदेशकाे स्थायी राजधानी कार्य सञ्चालनका विषयमा सरोकारवालाहरू सँग शुक्रवार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा छलफल गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतमा भएको छलफलले राजधानी कार्य सञ्चालनका लागि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट संयोजक रहने गरि राजधानी स्थापना तथा सञ्चालन सहजीकरण मुल समिति गठन गर्ने निर्णय गर्नुका साथै विभिन्न उपसिमितहरु समेत गठन गरिएकाे छ ।

जस अनुसार प्रचारप्रसार उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, खाद्यान्न तथा आपूर्ति उपसमिति, स्वागत तथा सम्मान समिति, सरसफाई तथा साैन्दर्य उपसमिति, घर भाडा व्यवस्थापन तथा समन्वय उपसमिति लगायतका उपसमिति बनाउने निर्णय गरेको छ । यी समितिहरूले २ दिन भित्रमा पुर्णता पाउने छन् ।

कार्यक्रममा नव निर्वाचित प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्याैपाने( गुन्टु), राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका निर्वतमान अध्यक्ष सहजराम यादव, नेपाली कांग्रेस गढवाका सभापति किरण पाैडेल, नेकपा माओवादी केन्द्र राप्तीका कार्यवाहक अध्यक्ष नारायण शर्मा, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, लुम्बिनी प्रदेश जग्गा एकीकरण आयोजना समितिका अध्यक्ष श्यामेश चाैधरी, लमही होटल व्यवसायी समिति अध्यक्ष नारायण प्रसाद भुसाल, देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनाल लगायतका वक्ताहरूले बोलेका थिए ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीको विषयवस्तु प्रवेश तथा स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवम् सुचना अधिकारी विश्वास विकले गरेका थिए । कार्यक्रममा राप्ती, लमही, गढवा, राजपुर र शितगङ्गा नगरपालिका भित्रका उद्योग बाणिज्य सङ्ग, नागरिक समाज, हाेटल ब्यबसायी समिति,  राजनीतिक दल,वर्तमान तथा निवर्तमान जनप्रतिनिधि, संघ संस्थाका प्रमुख, समाजसेवी तथा बुद्धिजिवी र पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे