दाङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिला सुस्ती, ३० घण्टामा ८ हजार मत पनि गणना भएन



दाङ क्षेत्र नम्बर १ काे मतगणनामा ढिला सुस्ती, ३० घण्टामा ८ हजार मत पनि गणना भएन

देउखुरी ६ मंसिर । दाङ क्षेत्र नम्बर १ काे मतगणना कार्य एकदमै ढिला सुस्ती भएकाे छ ।

मतगणनामा ढिलाई हुँदा अन्तिम मत परिणाम आई पुग्न थप समय लाग्ने स्थानीय नागरिकहरूले बताएका छन् । मत गणना स्थलमा पल-पलकाे ताजा मतकाे पखाईमा दिनरात कुरेर बसेका स्थानीय नागरिकहरूले आफ्नाे दैनिक भत्ता बढाउन मत गणना ढिला सुस्ती गरिएकाे आराेप लगाएका छन् । ३० घण्टा भइसक्दा पनि ८ हजार मत समेत गणना भएको छैन ।

यता मत गणनामा ढिलाई हुँदा रिपोर्टिङका लागि सञ्चार डेस्कमा खटिका पत्रकारहरूलाई ताजा अपडेट दिन पनि समस्या भईरहेकाे बताइएकाे छ । अहिले चार ठाउँमा छुट्टाछुट्टै मतगणना भईरहेकाे छ । मतगणना स्थलमा सुरक्षा व्यवस्थामा एकदमै कडाई गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे