समानुपातिकमा कांग्रेस अगाडि, माओवादी राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि पछाडि



समानुपातिकमा कांग्रेस अगाडि, माओवादी राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि पछाडि

काठमाण्डाै ५ मंसिर । समानुपातिकतर्फ अहिलेसम्मकाे मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले छ हजार दुई सय ४९ मत ल्याउँदा नेकपा एमालेको पाँच हजार एक सय ८४ मत आएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी तीन हजार छ सय ४९ मतसहित तेस्रो स्थानमा छ । माओवादीको दुई हजार २१ र राप्रपाको एक हजार चार सय ८१ मत आएको छ । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीको पाँच सय १४ मत आएको निर्वाचन आयाेगले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे