दाङमा पर्सी बिहान देखि मतगणना सुरु हुने, प्रत्येक घण्टा मतगणनाको अपडेट दिइने



दाङमा पर्सी बिहान देखि मतगणना सुरु हुने, प्रत्येक घण्टा मतगणनाको अपडेट दिइने

दाङ ३ मंसिर । दाङको मतगणना तीन ठाउँमा हुने भएको छ । मतदान सकिए लगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

मतगणनालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि तारजाली सहित  मतगणना स्थल तयार गरिएको  छ । जिल्लाको क्षेत्र नम्बर १ को लमही नगरपालिका, क्षेत्र नम्बर २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भू–संरक्षण कार्यालय तुलसीपुरमा मतगणना हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मंसिर ५ गते बिहान देखि मतगणना सुरु गरिने जानकारी दिएका छन् ।  प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुने छ। दाङ जिल्लामा १ सय ५३ मतदान स्थल, ४ सय ६५ मतदान केन्द्र छन्। दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । ४ लाख १४ हजार ९ सय ५६ मतदाताले चुनावमा भाग लिँदैछन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे