दाङमा धमाधम मतदान केन्द्रहरु निर्माण हुँदै



दाङमा धमाधम मतदान केन्द्रहरु निर्माण हुँदै

दाङ २ मंसिर । दाङका मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र निर्माणमा जुटेका छन्। विद्यालय तथा क्याम्पस हाताभित्र मतदान गर्न सजिलोको लागि लाइन लाग्ने ठाउँ बनाउन उनीहरु जुटेका हुन्।

लमही नगरपालिका–६ दुमदुमा प्राथमिक विद्यालयभित्र चार वटा मतदान केन्द्र छन्। ती मतदान केन्द्रमा ३ हजार ९ सय ५९ मतदाता छन्। मतदातालाई लाइन बस्न सजिलोको लागि बाँस गाडेर डोरीले लाइन बनाउन थालिएको मतदान अधिकृत सुदिन मुक्तानले जानकारी दिए।अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, सुत्केरी महिला, बिरामी व्यक्ति, किरियापुत्रीको लागि छुट्टै लाइनको व्यवस्थापन गरिएको छ। महिला, पुरुषको लागि पनि छुट्टाछुट्टै लाइनको व्यवस्थापन गरिएको छ।

दाङ जिल्लामा १५३ मतदान स्थल, ४६५ मतदान केन्द्र छन्। दुई वटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ।मतदान केन्द्र निर्माणमा कर्मचारीहरु खटिएका छन्। सर्वदलीय बैठक सकेर मतदान केन्द्र निर्माणको काम सुरु भएको हो। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लिएर मतदान गराउन खटिएका कर्मचारी उत्साहका साथ खटिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे