माैन अवधिमा पनि दलबल सहित प्रचारप्रसारमा मेटमणी, ठाउँ ठाउँबाट लखेटी मागे



माैन अवधिमा पनि दलबल सहित प्रचारप्रसारमा मेटमणी, ठाउँ ठाउँबाट लखेटी मागे

दाङ २ मंसिर । माैन अवधिमा समेत समुह बाधेर प्रचारप्रसारमा निस्केपछी सहरी विकास मन्त्री मेटमणी चाैधरी आपतमा परेका छन ।

दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार चाैधरी माैन अवधिमा पनि दलबलका साथ मतदाता माझ पुगेपछि ठाउँठाउँबाट लखेटी मागेका छन । लमही नगरपालिका-४ शान्तिनगर, राप्ती गाउँपालिका-२ मुक्तिनगरबाट लखेटी मागेकाे स्राेतले दावी गरेकाे छ । माैन अवधिमा पनि अाश्वासन बाड्दै गाउँपसेपछी उनकाे बिराेध भएको हाे ।

निर्वाचन आचार संहिताले माैन अवधिमा प्रचारप्रसार गर्न नपाइने स्पष्ट उल्लेख छ । तर, आचार संहिताकाे धज्जी उडाउने काम भएको छ । राप्ती गाउँपालिका-२ मा मन्त्री सहित जिल्ला समन्वय समिती प्रमुख नित्यानन्द शर्मा, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट समेत प्रचारप्रसारमा त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे