आयोग कडा नभइ कानुनको पालना गराउँन खोजेको छ : प्रमुख आयुक्त थपलिया



आयोग कडा नभइ कानुनको पालना गराउँन खोजेको छ : प्रमुख आयुक्त थपलिया

काठमाण्डौ २ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग कडा भएको नभइ कानुनको पालना मात्रै गराउन खोजेको बताएका छन् ।

आज शुक्रवार काठमाण्डौ पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले आम मानिसमा आयोग कडा भएको भन्ने भ्रम सिर्जना भएको भन्दै आयोगले संविधानलाई कार्यान्वयन गरेको बताए ।

प्रमुख आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता अनुशासित भए आयोग कडा भएको अनुभव नै गर्न नपर्ने उल्लेख गरे। कानुनले भनेका कुरा पूर्णतया पालना गराउने पक्षमा आयोग रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे