लोकतन्त्र र विधिको शासनका लागि अहिलेको गठबन्धन दश/पन्ध्र वर्षसम्म रहन्छ : देउवा



लोकतन्त्र र विधिको शासनका लागि अहिलेको गठबन्धन दश/पन्ध्र वर्षसम्म रहन्छ : देउवा

अछाम १ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन  दश/पन्ध्र वर्ष नै कायम रहने बताएका छन् । संविधान, लोकतन्त्र, विधिको शासन र राष्ट्रिय स्वाधीनताका लागि गठबन्धन कायम रहने प्रधानमन्त्री देउवाले बताए ।

आज अछामको सदरमुकाम मंगलसेनमा भएको सत्तारुढ गठबन्धन दलको चुनावी कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् । अछामको चौरपाटी र मंगलसेनमा गरी दुई कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री तथा कांग्रस सभापति देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई-दुई पटक संसद विघटन गरी संविधान उल्लंघन गरेकाले यो गठबन्धन बनाउनु परेको बताए ।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू निरन्तर लागिरहेको भन्दै अब पश्चिम सेतीको निर्माण कार्य पूरा हुने पनि बताए। पश्चिम सेती, महाकाली पञ्चेश्वर, कैलाश खोला लगायतका जलविद्युत् आयोजना पूरा गरी भारतलाई बिजुली बेचेर आर्थिक सम्बृद्धि गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे