शंकरको योजनामा पुल बन्यो, गठबन्धन सरकारले भुक्तानी रोक्यो



शंकरको योजनामा पुल बन्यो, गठबन्धन सरकारले भुक्तानी रोक्यो

दाङ १ मंसिर । काम छिटो सकेकोमा सरकारद्धारा पुरस्कृत हुनुपर्नेमा उल्टै पाउने भुक्तानी समेत नदिएको प्रति एक निर्माण व्यवसायीले गठबन्धन सरकारसँग दुखेसो पोखेका छन् ।

घोराही १९ कटुवा खोलामा पुल निर्माणको काम समय अगावै सकेको भनेर धेरैले प्रसंशा गर्ने गरेपनि गठबन्धन सरकारले भुत्तानी भने निर्माणका कार्य सकेको महिनौ वितिसक्दा पनि भुक्तानी नदिदा समस्या भएको निर्माण व्यवासायीको भनाई छ । घोराही १९ तथा बङगालाचुली हुदै स्वर्गद्वारी प्युठान जोड्ने पक्की पुल कटुवा खोलाको बिलौनी बजार कटुवा खोलामा बनेको पुलनको निर्माण बापत् भुक्तानी लिनु पर्ने बाकी रकम ८० लाख रुपैयाँ माओवादीले नेतृत्व गरेको प्रदेश सरकारले भुक्तानी नदिदा समस्या भएको हो ।

सम्झौता समयको १० दिन अगावै पुल निर्माणको काम सकेको जय जयबुद्ध निर्माण सेवा प्रालिका प्रतिनिधि जिवन केसीले भने,–‘प्रदेश सरकारको आयोजना अन्तरगत हामीले डेन्डर मार्फत् काम सम्पन्न गरे पनि अहिले कामको भुक्तानी लिन शंकर पोखरेलसँग जानु भन्छन् । प्रदेश सरकार अन्तरगत रहेको सडक पुर्वाधार विकास कार्यालय दाङलाई भौतिक तथा वित्तिय प्रगतिको विवरण बुझाई सकेपनि भुक्तानी माग्दा कर्मचारीबाट पनि शंकरसँग माग्न जानु भन्ने खालको जवाफ आउने गर्छ ।, उनले यसैमा थपे,–‘प्रदेशमा माओवादीले नेतृत्व गरेको गठबन्धनको सरकार आएपछि दाङको धेरै बजेट काटेको छ भन्ने सुनेको थिए । तर काम सम्पन्न गरिसकेको निर्माण कार्यकार्यको भुक्तानी पनि रोज्नु हामी मर्कामा परेका छौँ, केसीले भने । २०७७ मङ्सिर २५ गते बिहिवार तत्कालिन मुख्यमन्त्रि पोखरेलले कटुवा खोलाको बिलौनी बजारमा पुलको शिलान्यास गरेका थिए ।

२०७७ सालको भदौमा ठेक्का सम्झौता गरी दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएअनुसार समय अवधिमै काम सम्पन्नगर्न सफल भएको छ । शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रि हुदा दाङलाई प्रथमिकतामा राखेर बजेट बिनियोजन गरेको भएपनि माओवादी सत्तामा पुगेपछि पुर्ण रुपमा बजेट कटौती गरेर अन्यत्र बजेट हालेको देखिएको छ । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पुल तथा सडक निर्माणको काममा चरण ढिलाई भएका घटनाहरुबाट नागरिक आजित भएका बेला बेलैमा काम सक्ने ठेकेदारलाई समयमै भुक्तानी दिनुको साटो काम भैरहेका बजेट पनि कसरी कटौटी गर्ने भन्नेतर्फ प्रदेश सरकारमा गठबन्धनले कदम उठाउने काम गरेको पाईयो ।

सिस्ने खोलमा पुल बने पनि करोडौ भुक्तानी लिन बाकी यस्तै दाङको घोराहीकै दामोदर रोड सिस्ने खोलामा चारलेन पुल निर्माणको काम सकिएर अहिले पुल सञ्चालनमा छ । तर त्यहाँ पनि शंकरले पारेको योजना हो,भन्दै भुक्तानी रोक्ने काम भएको गुनासो निर्माण व्यवसायीको रहेको हामीले जिवन केसीले जानकारी दिएका छन् । यसबाट दाङका जनताले के बुझ्न सकिन्छ भने, प्रदेशमा मोओवादीले नेतृत्व गरेको गठबन्धन सरकार दाङको विकास सम्बृद्धि र बजेटका लागी वितेको डेढ वर्षमा कहिल्यै नकारात्मक मात्रै भएको पाईयो । रोल्पाका कुलप्रसाद केसी मुख्य मन्त्री र दाङकी छोरी सांसद रेखा शर्माका पति प्युठानका कृष्ण ध्वज खड्का प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्री हुदा दाङको बजेट काट्ने मात्रै काम भयो भनेर अहिले जनस्तरमा बढ्दो दुखेसो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे