दङ्गालीको अस्तित्व ‘राजधानीमा’: बुटवल फर्किन्छ कि भन्ने आशंका



दङ्गालीको अस्तित्व ‘राजधानीमा’: बुटवल फर्किन्छ कि भन्ने आशंका

आफ्नै पार्टीका विष्णु पौडेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा तथा कांग्रेसका बालकृृष्ण खाँण, भरत शाहजस्ता नेताहरूको प्रभावका बीच लुम्बिनीको राजधानी दाङ पुग्ने धेरैको अपेक्षा नै थिएन । तर उनले त्यसलाई सहजरूपमा नै ल्याए। एमाले महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार पाेखरेल एमालेको मात्रै नेता होइनन्। दाङको समृद्धि, विकास, इज्जत र प्रतिष्ठासँग जोडिएका नेता समेत हुन्।


दाङ क्षेत्र न. २ का गठबन्धनका उम्मेदवारहरूले ल्याएको चुनावी संकल्पपत्रमा ‘राजधानी कार्यान्वयनमा’ मौन छन्। कार्तिक १८ मा चुनावी संकल्पत्र ल्याएको गठबन्धनले चुनावीसभा, भेलामा समेत राजधानी कार्यान्वयनको विषयमा मतदातालाई भरोसा दिन सकेका छैनन्। मतदातालाई भरोसा दिन नसक्दा गठबन्धनप्रति मतदाता नै निराश छन भने अर्कोतर्फ राजधानीप्रति गठबन्धनलाई ‘माया’ नै छैन भन्ने सन्देश दिएका छन्।

कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले पटकपटक राजधानी दाङ नसार्न दवाव दिँदै आएका छन्। खाँणले एउटा औपचारिक कार्यक्रममा भनेका छन‘ राजधानी दाङ सार्न दिदैनौं।’ पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र खाँणले पटक पटक राजधानी नसार्न दवाव दिदै आएको र अर्कोतर्फ गठबन्धनले आफनो चुनावी संकल्पपत्रमा मौन बस्नुले दुईथरि प्रश्न दङ्गालीमा उब्जाएको छ। पहिलो प्रश्न राजधानीप्रति गठबन्धनको माया नै छैन भने दोस्रो राजधानी कार्यान्वयन गर्न सकिदैन।

‘गठबन्धनको चुनावी संकल्पपत्रमा प्रदेशको राजधानी कार्यान्वय नै छैन। चुनावी भेला तथा कार्यक्रममा समेत उम्मेदवारहरू यहि गर्छन् भन्न सक्दैनन्’ घोराही उपमहानगरपालिका वडा न ४ का यमबहादुर घर्ती भने ‘दङ्गालीको अस्तित्वसँग जोडिएको राजधानी बारेमा वेखर बस्नेलाई हामीले मत दिदैनौं।’

राजधानी दङ्गाली जनताको प्रतिष्ठासँग जोडिएको छ। विगतमा शेरबहादुर देउवाले अपायक पर्ने बटुवलमा अस्थायी राजधानी तोकेका थिए। बटुवलमा अस्थायी मुकाम बटुवल तोकेपछि दङ्गाली जनताले प्रतिष्ठाको विषय भन्दै आन्दोलन गरेका थिए। बुटुवल लगेको राजधानी प्रतिकुलताको विचमा तत्तकालीन मुख्यमन्त्री शंकर पाेखरेलले  दाङ ल्याएका थिए। त्यसको जस दङ्गालीले पाेखरेललाई नै दिएका छन्।

‘दाङ आएको राजधानी अझैपनि सार्न दिदैनौं भन्छन्। तर त्यस्तो प्रतिकुलताका विच नै सहजै स्थायी राजधानी दाङ ल्याउने काम पाेखरेलले गर्नु भयो। त्यो योगदान दङ्गालीले भुल्ने छैनन्। मतबाट दंगालीले त्यो प्रकट गर्छन’ बंगलाचुली गाउँपालिका वडा नं. २ की रिमा नेपालीले भनिन्,‘त्यो दिन कुरेर मतदाता बसेका छन्।’

लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएको बेला पाेखरेलले चौतर्फी प्रतिकूलताबीच प्रदेश राजधानी बुटवलबाट दाङ सारेका थिए। संघीय सरकारले तोकेका ७ वटा प्रदेशका अस्थायी राजधानीमध्ये ६ वटा साविककै स्थानमा रहेका बखत पोखरेलले मात्रै राजधानी गृह जिल्ला दाङमा सारेका थिए।

आफ्नै पार्टीका विष्णु पौडेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा तथा कांग्रेसका बालकृृष्ण खाँण, भरत शाहजस्ता नेताहरूको प्रभावका बीच लुम्बिनीको राजधानी दाङ पुग्ने धेरैको अपेक्षा नै थिएन । तर उनले त्यसलाई सहजरूपमा नै ल्याए। एमाले महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार पाेखरेल एमालेको मात्रै नेता होइनन्। दाङको समृद्धि, विकास, इज्जत र प्रतिष्ठासँग जोडिएका नेता समेत हुन्। उनको राजनीतिक भविष्यले दाङलाई उचाइमा पुर्याउने कुरामा दङ्गाली जनता जानकार छन्।

एमालेजस्तो देशको मुख्य पार्टीको महासचिव भएका पाेखरेल पार्टीका भावी अध्यक्ष तथा प्रधानमन्त्री समेत हुन्। ‘दाङले पाेखरेल जत्तिको नेता पाउनु गर्वको कुरा हो,’ घर्तीले भने, ‘अरूले चुनाव जिते सांसद् मात्रै हुनु र देशको नीतिगत तहमा प्रभावकारी भूमिका खेल्नसक्ने गरी नेतृत्वमा जानसक्ने नेता पाेखरेलले जित्नुमा धेरै नै अन्तर छ।’

२०७७ असोज २० मा पाेखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ ल्याएका थिए। राजधानीसँग कार्यान्वयनको गुरूयोजना समेत उनले ल्याएका थिए। तर ल्याएको गुरूयोजना समेत गठबन्धन सरकारले कार्यान्वयन गर्न सकेको छैन। आयोजना अन्यौल हुँदा स्थायी राजधानी तोकिएको ठाउँमा आएका कार्यालय समेत सुनसान छन्। कर्मचारी समेत बटुवल नै फर्केका छन्। सबै काम अस्थायी मुकाम बटुवलबाट नै हुने गरेको छ। आफूले ल्याएको राजधानी कार्यान्वयन अन्यौल भएपछि पोखेलले आफनो चुनावी संकल्पपत्रमा कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन्।

कार्तिक २२ मा नेकपा एमाले दाङ क्षेत्र नं. २ ले ल्याएको संकल्पत्रमा  भनिएको छ‘ २०७४ सालको चुनावमा दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने प्रतिवद्धता गरेका थियौ। जुन हामीले सफलताका साथ सम्पन्न र गुरूयोजना बनाएर आवश्यक पुर्वाधार समेत निर्माण गरिरहेका वेला सरकार ठालिएपछि राजधानी कार्यान्वयन अन्यौलमा छ। गठबन्धन सरकार राजधानी गम्भिर छैन’ सकल्पपत्रमा भनिएको छ‘ यो पटक एमालेले सरकारको नेतृत्व गर्न पाएन भने राजधानी गुम्ने खतरा छ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे