पश्चिमी वायु बाहिरिँदै, पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली



पश्चिमी वायु बाहिरिँदै, पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाण्डाै १ मंसिर । पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । प्रदेश-१, बाग्मती र गण्डकी प्रदेशका पूर्वी क्षेत्रमा आज मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार यी क्षेत्रमा दिउँसो घाम लागे  पनि मधुरो मात्रै लाग्ने छ । पारिलो घाम लाग्ने छैन ।

यस्तै, यी प्रदेशका हिमाली जिल्लामा हल्का हिमपात र केही पहाडी क्षेत्रमा हल्का वर्षाको पनि अनुमान छ । पश्चिमी वायु बाहिरिने क्रम सुरु भएसँगै पूर्व क्षेत्रको मौसममा असर परेको मौसमविद् भट्टराईले जानकारी दिए । उनका अनुसार भोलि भने देशका धेरै ठाउँको मौसम सामान्यतया  सफा नै रहने छ । यस्तै, भोट हाल्ने दिन आउँदो आइतवार पनि सामान्यतया मौसम सफा नै रहने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे